PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

तिलोत्तमामा गाडी दुर्घटना : एकजनाको मृत्यु,५ जना घाइते



पहिलोपोस्ट

तिलोत्तमामा गाडी दुर्घटना : एकजनाको मृत्यु,५ जना घाइते

बुटवल : रुपन्देहीको तिलोत्तमामा स्कर्पियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा गाडी चालक अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षिय विकास श्रेष्ठ रहेका छन्। उनको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

आइतबार बिहान साढे ३ बजे भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी तिलोत्तमा नगरपालिका ३ शान्तिकुञ्जमा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी ३१ वर्षीय विज्ञान श्रेष्ठ, ४९ वर्षीय सुरेन्द्र श्रेष्ठ, १८ वर्षीय विप्लव श्रेष्ठ, १७ वर्षिय सुर्दशन श्रेष्ठ र ३५ वर्षीय विशाल पन्थी घाइते भएका छन्। घाइते पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

तिव्र गतिमा रहेको गाडी अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell