PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

लागुऔषध नियन्त्रणमा प्रहरीको अपरेसन : गोली प्रहार गरेरै कारोबारी पक्राउ



पहिलोपोस्ट

लागुऔषध नियन्त्रणमा प्रहरीको अपरेसन : गोली प्रहार गरेरै कारोबारी पक्राउ

काठमाडौं : काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिएको हो।

भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। घाइते अभियुक्तलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell