PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

३२ वर्षपछि फिल्ममा एकसाथ देखिँदै अमिताभ र रजनीकान्त



पहिलोपोस्ट

३२ वर्षपछि फिल्ममा एकसाथ देखिँदै अमिताभ र रजनीकान्त

भारतीय अभिनेताद्वय अमिताभ बच्चन र रजनीकान्तले लामो समयपछि एकसाथ सहकार्य गर्ने भएका छन्। ३२ वर्षपछि फिल्म ‘थलाइवर १७०’ मार्फत दुवैजना एकसाथ देखिने लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

अमिताभ र रजनीकान्त पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको ‘हम’ मा सँगै देखिएका थिए। रजनीकान्तको मुख्य भूमिका रहने ‘थलाइवर १७०’ मा अमिताभ केमियो रोलमा देखिने बताइएको छ।

रजनीकान्त हाल फिल्म ‘जेलर’ को छायाङ्कनमा व्यस्त छन्। जेलरको सुटिङ सकिएपछि उनी ‘थलाइवर १७०’ को सुटिङमा व्यस्त हुनेछन्।

‘थलाइवर १७०’ सत्य घटनामा आधारित फिल्म हुने निर्माण पक्षले जनाएको छ। रजनीकान्त यस फिल्ममा प्रहरी अधिकारीको भूमिकामा देखिनेछन्। टीजे ज्ञानवेलको निर्देशन रहने यो फिल्म सन् २०२४ मा प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell