PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

वीरगंजमा नाला सफा गर्दा भेटियो गोली



पहिलोपोस्ट

वीरगंजमा नाला सफा गर्दा भेटियो गोली

वीरगंज : वीरगंज महानगरपालका-६ मा नाला सफाई गर्ने क्रममा १०५ राउन्ड गोली भेटिएको छ।

आइतवार बिहान महानगरपालिकाका कर्मचारीहरूले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली भेटाएका थिए। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल शाहले बताए नालाले नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड, हर्नेटको १७ राउण्ड सहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरि कुल १०५ राउण्ड गोली भेटिएको बताए। भेटिएकामध्ये चारवटा गोली काम नलाग्ने अवस्थामा रहेको उनले बताए।

गोली बरामदबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell