PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

पुनलाई बेग्लै वर्गीकरण गरेकोमा मगरहरुको विरोध



पहिलोपोस्ट

पुनलाई बेग्लै वर्गीकरण गरेकोमा मगरहरुको विरोध

काठमाडौं : जनगणनामा पुनलाई बेग्लै वर्गीकरण गरेकोमा मगरहरुले विरोध जनाएका छन्। पुन मगर जातिकै एक थर भएको उल्लेख गर्दै मगर संघसंस्था आइतवार काठमाडौंस्थित राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका हुन्। मगर जाति नेपालमा सबैभन्दा धेरै जनसंख्याको तेस्रो नम्बरमा रहेको छ। जनगणना २०७८ अनुसार नेपालमा २० लाख १३ हजार ४९८ मगर जाति छन्।

पछिल्लो तथ्याङ्कमा पुनलाई अगल्गै वर्गीकरण गरिएको छ। जसमा पुनको संख्या ९ हजार ८२७ रहेका छन्। पुनलाई मगरमै राख्न गरिएको मागमा नेपाल आदिवासी जनजाति महासंघले पनि समर्थन जनाएको छ। 

यसैगरी जनगणनामा दुमी, मेवाहाङहरुले पनि बेग्लै वर्गीकरण गरेको भन्दै विरोध जनाए। उनीहरुले आफूहरु राई भएको उल्लेख गर्दै राईमै समेटिन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell