PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपाल ग्रामीण चलचित्र महोत्सवमा कसले कुन अवार्ड जित्यो?



पहिलोपोस्ट

नेपाल ग्रामीण चलचित्र महोत्सवमा कसले कुन अवार्ड जित्यो?

काठमाडौं : दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा मुकुन भुषाल र दिया मास्के उत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन्। शनिवार काभ्रेमा सम्पन्न फेस्टिभलमा मुकुन ‘झिंगेदाउ’ बाट उक्कृष्ट हुँदा दियाले भने ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।

त्यसैगरि, उत्कृष्ट फिचर फिल्मको अवार्ड भने ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ ले जित्यो। उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड भने ‘प्रकाश’बाट विकास सुवेदीले हात पारे।

फिचर फिल्म जुरी अवार्ड ‘प्रकाश’लाई दिइयो। उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरे। त्यस्तै,  उत्कृष्ट डकुमेन्ट्री अवार्ड भने फिल्म ‘हल्कारा’ ले जितेको छ। उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो।

उत्कृष्ट भाषिक फिल्मतर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’ जित्दा उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड ‘परिवर्तन’ बाट सरिता भारतीले पाइन्। उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड पनि ‘परिवर्तन’ बाट डब्बु क्षेत्रीले जिते।

यो महोत्सव चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell