PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

लोसपा अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान



पहिलोपोस्ट

लोसपा अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार सकेर एकसातापछि स्वदेश फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell