PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

युवा नेतालाई प्रकाशमान सिंहको पाठ : ‘पपुलर’ भएरमात्रै हुँदैन, अनुभव पनि चाहिन्छ



पहिलोपोस्ट

युवा नेतालाई प्रकाशमान सिंहको पाठ : ‘पपुलर’ भएरमात्रै हुँदैन, अनुभव पनि चाहिन्छ

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधानसम्वत् पार्टी चलाउन नसक्दा नेतृत्वप्रति चौतर्फी असन्तुष्टि प्रकट भइरहेको बताएका छन्। एक अर्कालाई दोष दिनुको सट्टा जिम्मेवार रहेकाहरुले पार्टीको विधानलाई ख्याल गर्नुपर्ने उनले बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेशको अधिवेशनको उद्घाटन कार्यक्रममा नेता सिंहले अहिले आवेग नभै विवेक प्रयोग गरेर अगाडि बढ्नु पर्ने बेला रहेको भन्दै सुझबुझ पुर्‍याउन आग्रह गरे। पार्टीभित्र अहिले पुराना नेताहरुमाथि  अनावश्यक रुपमा प्रहार भइरहेको बताउँदै उनले नयाँका नाममा पुराना नेताहरुमाथि अपहेला गरेर कांग्रेस बलियो बन्न नसक्ने भनाइ राखे।

‘पपुलर भएरमात्रै हुँदैन अनुभव म्याचोरिटी नहुँदा के हुन्छ भन्ने कुरा पनि ख्याल गर्न पर्छ। जुन बुवा-आमाले छोरा-छोरीलाई जन्म दियो त्यही सन्तानले अब बुवा-आमाको केही अर्थ छैन भनेपछि यस्को म्यासेज कस्तो रहन्छ? गम्भीर भएर सोच्न म आग्रह गर्दछु,’ उनले भने।

पार्टी तथा भ्रातृ संगठनहरुको आन्तरिक निर्वाचनमा सहभागी हुने तर नतिजा आफ्नो अनकूल नआउँदा अलोकतान्त्रिक भयो भन्ने परम्परा विकसित भइरहेका भन्दै उनले जिम्मेवार बन्न सबैलाई आग्रह समेत गरे।

पार्टीको विधानमा भएका कमजोरीलाई सुधार गरेर अघि बढ्नु पर्ने उनले बताए। नेपाल ट्रेड युनियन कांग्रेसले सकेसम्म सर्वसम्वत रुपमा नेतृत्व चयन गरेर सन्देश दिन सके राम्रो हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell