A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995e5c0a50a02.81004667): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995e5c0a50a02.81004667,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995e5c0a54476.82198774): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995e5c0a54476.82198774,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बुटवलमा लुटपाट गर्ने क्रममा ढुंगाले हानेर एक पुरुषको हत्या
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

बुटवलमा लुटपाट गर्ने क्रममा ढुंगाले हानेर एक पुरुषको हत्या



पहिलोपोस्ट

बुटवलमा लुटपाट गर्ने क्रममा ढुंगाले हानेर एक पुरुषको हत्या

बुटवल : बुटवलमा कुटपिट गरी एक पुरुषको हत्या भएको छ। आइतवार दिउँसो बुटवल उपमहानगरपालिका-११ देवीनगरमा अन्दाजी ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने उद्देश्यले कुटपिट गरी हत्या गरिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।

मृतक पुरुषको पहिचान खुल्न नसकेको उनले बताए। स्थानीयले ती पुरुषले ठेलामा व्यवसाय गर्दै आएको बताएका छन्।

हत्यामा संलग्न भएको अभियोगमा १२ वर्षीय नाबालकसहित पाल्पाको भालेबास घरभई बुटवलमा बस्दै आएका ३१ वर्षीय गणेश थापा मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए। लुटपाट गर्ने क्रममा ढुंगा प्रहार गरेको अनुसन्धानमा खुलेको छ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए। प्रहरीले उनीहरुको साथबाट एक हजार पाँचसय रुपैयाँ बरामद गरेको छ।

बुटवल देवीनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा पैसा लुटपाट गर्ने उद्देश्यले ढुंगाले शरीरका विभिन्न अंगमा प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक पौडेलले बताए। स्थानीयले प्रहरीलाई खबर गरेको एक घण्टामा हत्यामा संलग्न भएकाहरुलाई पक्राउ गरिएको उनले बताए।

हत्यामा संलग्नहरु बजार क्षेत्रमा कवाडी सामान संकलन गरी बिक्री गर्नेहरु रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनीहरु यसअघि आपराधिक घटनामा संलग्न भए/नभएकोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell