PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मोबाइल व्यवसायीले भने : एमडीएमएस लागू भएपनि फोनको मूल्य बढ्दैन



पहिलोपोस्ट

मोबाइल व्यवसायीले भने : एमडीएमएस लागू भएपनि फोनको मूल्य बढ्दैन

काठमाडौं : एमडीएमएस लागू भएपछि फोनको मूल्य नबढ्ने मोबाइल व्यवसायीहरुले स्पष्ट पारेका छन्। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र नेपाल मोबाइल वितरक संघले मूल्य नबढ्ने बताएका हुन्।

‘हामी उपभोक्ताहरुलाई ढुक्क बनाउन चाहान्छौं कि मोबाइल फोन उत्पादक कम्पनीले संसारभर फोनको मूल्य र व्यापारीको मार्जिन आफैं निर्धारण गर्ने हुँदा एमडीएमएस लागू भएपछि फोनको मूल्य बढ्ने छैन,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल दूरसंचार प्राधिकरणले गत जेठ १ गतेदेखि एमडीएमएस लागू गरेको थियो। १५ अर्ब रुपैयाँ भन्सार नतिरेका फोनहरु अहिले पनि अनधिकृत बिक्री वितरण भइरहेको व्यवसायीहरूको भनाइ छ। यसबाट सरकारले वार्षिक ३ देखि ४ अर्ब बराबरको राजस्व गुमाइहेको एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए।

उनले एमडीएमएस लागू भएपछि नेपाली व्यवसायीहरुको बिक्रीको ग्राफ उकालो लाग्दै गएको बताए। एमडीएमएसपछि मोबाइलको मूल्य बढ्छ भन्नु तथा व्यवसायीहरुले मोनोपोली गर्न लागे भन्ने आरोप लगाउनुमा सत्यता नभएको पनि उनले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell