PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ईपान नेतृत्वका लागि किरण मल्ल समूहको उम्मेदवारी घोषणा



पहिलोपोस्ट

ईपान नेतृत्वका लागि किरण मल्ल समूहको उम्मेदवारी घोषणा

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानको ३२ जेठमा हुने निर्वाचनका लागि इन्जिनियर किरण मल्ल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्ल नेतृत्वको समूहले संस्थागत विकास र सुशासनको प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको हो। अध्यक्षका प्रत्यासी मल्ल साढे दुई दशकदेखि ऊर्जा उत्पादनको क्षेत्रमा क्रियाशील छन्।

मल्ल नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा गोरे शेर्पा, उपाध्यक्षमा हिम पाठक, खुला सदस्यमा कदम केसी र दीपक पौडेल तथा महिला सदस्यमा ईशा श्रेष्ठ, सुमन जोशी र इन्दिरा पन्तले उम्मेदवारी घोषणा गरेका छन्। 'परिवर्तनका लागि नयाँ नेतृत्व' भन्ने नाराका साथ यो समूह निर्वाचनमा होमिँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell