PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

दीक्षित भएपछि धुलिखेलमा विद्यार्थीमा उल्लास, सिद्धार्थलाई चान्सलर पदक

दीक्षित भएपछि धुलिखेलमा विद्यार्थीमा उल्लास, सिद्धार्थलाई चान्सलर पदक

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : काठमाडौं विश्वविद्यालयले २८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ। धुलिखेलस्थित विश्वविद्यालय परिसरमा कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीहरुलाई दीक्षित गरेका हुन्।

आज  स्कुल अफ एजेकेशनबाट म्याथमाटिक्स एजुकेसनमा स्नातकोत्तर गरि सबैभन्दा बढी जीपीए (चार जीपीए) ल्याउने सिद्धार्थ रजकलाई चान्सलर पदक, स्कुल अफ म्यानेजमेन्टकको एम्बीए तर्फ सबैभन्दा बढी जीपीए ल्याउने आयुष्मा पोखरेललाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गरिएको थियो।  यस्तै, अन्य सर्वोकृष्ट विद्यार्थीहरुलाई पनि पदक प्रदान गरिएको थियो।

दीक्षान्त समारोहमा विभिन्न संकायका एक हजार २४० जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।

आजको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell