PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

वरिष्ठ कलाकार केके कर्माचार्यद्वारा पुरस्कारको घोषणा



पहिलोपोस्ट

वरिष्ठ कलाकार केके कर्माचार्यद्वारा पुरस्कारको घोषणा

काठमाडौं : वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न पुरस्कार स्थापना गरेका छन्। आइतवार आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गरेका हुन्।

बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने कर्माचार्यले बताए। उनका अनुसार यसै वर्षको मंसिरदेखि पुरस्कार प्रदान गरिने छ। यो सम्मान नगद दश हजार रुपैयाँसहित हरेक वर्ष एक जनालाई प्रदान गरिने केन्द्रका अध्यक्ष प्रमोद प्रधानले जानकारी दिए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कर्माचार्यले यस पुरस्कारका लागि १ लाख ५१ हजार रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका छन्। केन्द्रका सल्लाहकारसमेत रहेका कर्माचार्यले चित्रकला क्षेत्रमा योगदान गरेकालाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको बताए।

हुलाक टिकट डिजाइनमा ख्याती कमाएका कलाकार कर्माचार्य विसं २००४ सालमा काठमाडौंमा जन्मिएका हुन्। मुहारचित्रमा विशेष दख्खल राख्ने कर्माचार्यले ४०० भन्दा बढी टिकट डिजाइन गरिसकेका छन्। पृथ्वीनारायण शाहको औंलो ठड्याएको चित्रका कारण कर्माचार्य चर्चित छन्। यसका अलावा कर्माचार्यले विभिन्न किताबमासमेत आफ्नो कला पस्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell