PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

सोही मौसम प्रणालीका कारण हाल कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार सोमवार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमवार राति कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell