PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

मण्डला थिएटरमा मञ्चन हुँदैछ यी दुई नाटक



पहिलोपोस्ट

मण्डला थिएटरमा मञ्चन हुँदैछ यी दुई नाटक

काठमाडौं: थापागाउँस्थित मण्डला थिएटरमा असार महिनामा दुईवटा नाटक मञ्चन हुने भएका छन्। असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन हुने थिएटरले जनाएको छ।

‘कोराघाट’ मण्डला थिएटरले नियमित रुपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको हो। यो नाटक कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरु’ मा आधारित छ।

कमलमणी नेपालको निर्देशन रहने यो नाटक असार २१ गतेसम्म मञ्चन हुनेछ।

त्यसैगरी, साइकोलोजिकल थ्रिलर जनरामा बनेको ‘हिउँभन्दा चिसो’ असार ८ देखि १४ गतेसम्म मञ्चन हुनेछ। सोमनाथ खनालको निर्देशन रहने यस नाटकमा कलाकार भोलाराज सापकोटालाई नाटकमा देख्न पाइनेछ। नाटक ‘हिउँभन्दा चिसो’ मा भोलासँगै रेणु योगी, र गोविन्द सुनारको लगायतको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell