PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

बिपरजोय चक्रवात : भारतका तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान



पहिलोपोस्ट

बिपरजोय चक्रवात : भारतका तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान
File Photo : ARY News

भारतमा 'बिपरजोय' चक्रवात प्रवेश गरेको छ। चक्रवातको असरका कारण अहिले नवसरी, मुम्बई लगायतका क्षेत्रमा समुद्री छाल बढ्दै गएको छ।

गुजरातको तटीय क्षेत्रमा चक्रवातका कारण वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरिएको छ। सो चक्रवातले कच र सौराष्ट्रसहित पाकिस्तानसम्म वर्षा हुने बताइएको छ।

चक्रवातको खतरालाई मध्यनजर गर्दै राज्य सरकारहरुले तयारी सुरु गरेका छन्। जुन ११ देखि जुन १४ सम्म तटीय क्षेत्रमा माछा मार्ने काम गर्नेलाई पनि सर्तक रहन भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell