PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुक्यो नगर क्षेत्रभित्रका पानीको स्रोत, ट्याङ्करबाट खानेपानी वितरण गरिँदै



पहिलोपोस्ट

सुक्यो नगर क्षेत्रभित्रका पानीको स्रोत, ट्याङ्करबाट खानेपानी वितरण गरिँदै
फोटो : रासस।

जलेश्वर : जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका स्रोत सुकेपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ। पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ।

जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए। बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्द भएको जनाइएको छ।

मधेश प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताए। जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ।

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास, गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भइरहेको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell