PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

चार दिनभित्र प्रधान न्यायाधीशको टुङ्गो, ३२ गतेका लागि बोलायो समितिले प्रस्तावित प्रधान न्यायाधीश कार्कीलाई



पहिलोपोस्ट

चार दिनभित्र प्रधान न्यायाधीशको टुङ्गो, ३२ गतेका लागि बोलायो समितिले प्रस्तावित प्रधान न्यायाधीश कार्कीलाई

काठमाडौं : प्रस्तावित प्रधान न्यायधीश हरिकृष्ण कार्की विरुद्ध जेठ ३२ गते सुनुवाइ हुने भएको छ। कार्कीलाई बोलाएर सुनुवाइ हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।

'अबको ४ दिनभित्र प्रधान न्यायाधीश कार्कीबारे टुंगो लाग्ने छ,' बर्तौलाले भने। जेठ ३१ मा समितिले उजुरी कर्तालाई बोलाएर छलफल गर्ने कार्यतालिका तय गरेको छ। असार १ गते कार्कीबारे टुंगो लाग्ने पनि बर्तौलाले बताए।

सोमवार सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकले कार्की विरुद्धको सुनुवाइको मिति टुंगो लगाएका हो। ३२ गते कार्कीलाई बोलाएर सुनुवाइ हुने भएको हो। कार्की विरुद्ध २९ वटा उजुरी परेका छन्।

अधिकांश उजुरीमा संवैधानिक परिषद्सम्बन्धी कानुन रिक्तता भइरहेका बेला सिफारिस गरिएकाले त्रुटिपूर्ण भएको उल्लेख छ। वैशाख २५ को संवैधानिक परिषदको बैठकले कायमकुमकायम प्रधानन्यायधीश कार्कीलाई प्रधानन्यायधीशका लागि सिफारिस गरेको थियो। जेठ १७ देखि १० दिनको समय दिएर कार्की विरुद्ध उजुरी आह्वान भएको थियो। कार्कीको कार्यकाल साउन २९ सम्म कायम रहने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell