A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6995cd17c7d075.87028097): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6995cd17c7d075.87028097,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6995cd17c80db3.21573879): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6995cd17c80db3.21573879,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6995cd17cbf9d7.28538383): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6995cd17cbf9d7.28538383,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

टिकटकमा नजर : माल्टादेखि रोमनियासम्मको सपना देखाएर लाखौं रुपैयाँ झ्वाम
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

टिकटकमा नजर : माल्टादेखि रोमनियासम्मको सपना देखाएर लाखौं रुपैयाँ झ्वाम



पहिलोपोस्ट

टिकटकमा नजर : माल्टादेखि रोमनियासम्मको सपना देखाएर लाखौं रुपैयाँ झ्वाम

काठमाडौं : महिनाको एक लाख आम्दानी हुन्छ भनेपछि कर्णबहादुर बुढाले ९ लाख रुपैयाँ बुझाए। माल्टा जान पनि पाइने काम पनि राम्रो। मगु घर भएका ३४ वर्षीय प्रवीण खड्काले सबै व्यवस्था मिलाउने भएपछि ढुक्क भएर रकम बुझाएका थिए बुढाले। थप साढे २ लाख रुपैयाँ बुझाउनु पर्ने दुईजना बिच सहमति भएको थियो।

नौ लाख रुपैयाँ लिनु अगाडि दुई जनाबिच सम्पर्क भइरहेको थियो। तर एक्कासि प्रवीण सम्पर्कविहीन भए। ९ लाख रुपैयाँ बुझाएकाले कर्णबहादुर बुढाको मनमा शङ्का उब्जिन थाल्यो। एक दिन दुई दिन भन्दै दिन बित्तै भएपछि आफू ठगिएको महसुस गरे। त्यसपछि उनी पुगे वैदेशिक रोजगार विभाग।

वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई प्रवीणलाई खोजी गर्न पत्राचार गर्‍यो। आइतवार प्रहरीले प्रवीणलाई काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेर विभागमा बुझाएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

त्यसो त प्रहरी कहाँ पछिल्लो समय दैनिक २/ ४ जना यस्ता माल्टा, रोमनीया, सर्विया, कम्बोडिया लगायतका देशमा रोजगारीको लागि पठाइदिने भन्दै पुग्ने गरेका छन्। त्यस्तै वैदेशिक रोजगार विभागमा पनि उतिकै उजुरी पर्ने गरेको विभागेका निर्देशक गुरुदत्त सुवेदीले बताए।

वैदेशिक रोजगारीमा पछिल्लो समय यी देशहरुमा ठगिने बढेका हो। त्यस्तै अमेरिका, दुबई, कतार लगायतका देशमा लैजाने भन्दै ठगिनेको सङ्ख्या झनै ठुलो छ। तर पछिल्लो समय फ्रान्सदेखि माल्टासम्मका देशका नाममा नेपालीहरू ठगिने गरेका छन्।

'पछिल्लो समय सामाजिक सञ्जालको समेत प्रयोग गरेर यी देशहरूमा पठाउने भन्दै ठगिनेहरूको सङ्ख्या भने बढेको देखिन्छ,' निर्देशक गुरुदत्त सुवेदीले भने।

उजुरीको आधारमा नै विभागले गत बिहीवार कलङ्कीमा रहेको युनिम्याक्स एजुकेसन कन्सल्टेन्सीमा छापा मारेको थियो। कन्सल्टेन्सीले गैर कानुनी रुपमा विज्ञापन गरेर माल्टा र रोमनिया पठाउने भन्दै ठगी गरेको उजुरी परेको थियो। विभागले यसको थप अनुसन्धान गरिरहेको छ।

त्यस्तै पछिल्लो समय टिकटको प्रयोग गरेर यस्ता देशमा राम्रो अवसर भएको भन्दै ठगी गर्ने गरेको ट्रेन्ड बढेर गएको छ। त्यसैले विभागले टिकटक लगायत सामाजिक सञ्जाल समेतको अनुगमन तथा सूचना लिन थालेको छ।

'टिकटकमा बढी प्रचार प्रसार गरेर गैर कानुनी रुपमा काम भएको पाएका छौँ। त्यसैले हामीले यस्ता सामाजिक सञ्जाललाई पनि हेरिरहेका छौँ,' विभागका निर्देशक सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell