PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जब कोठामा बन्द मानिसको दिमाग बाहिर उड्न खोज्छ…

जब कोठामा बन्द मानिसको दिमाग बाहिर उड्न खोज्छ…

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाहलमा अहिले विभिन्न कलाकृति प्रदर्शनीमा राखिएका छन्। ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ अन्तर्गत कयौं कलाकारका कलाकृति यहाँ देख्न पाइन्छ।

आइतवार सोही परिसरमा एकाएक एक नकाबधारी व्यक्ति कुर्सी लिएर आए। अनुहार छोपेर आएका उनी कुर्सीमाथि चढे र कागजका जहाज उडाउन थाले। ती व्यक्ति थिए पृथ्वी श्रेष्ठ। 'पर्फर्मेन्सट आर्ट' विधा अन्तर्गत उनले ‘फ्लाइङ माइन्ड’ थिममा रहेर प्रस्तुति दिएका थिए। उनको सो प्रस्तुतीको उद्देश्य मानिस बन्द कोठामा भए पनि दिमागबाट सधैँ उड्न चाहन्छ भन्नु थियो।

‘कोरोना महामारीबिच पनि हामी घरभित्रै थुनिन बाध्य भयौँ। त्यतिखेर हाम्रो शरीर कोठाभित्र भए पनि दिमाग बाहिर जान खोजिरहेको हुन्थ्यो। जसले यो पर्फमेन्स आर्टको कन्सेप्ट क्लिक भयो,’ उनले भने।

त्यसैगरि, अर्का कलाकार रविन्द्र श्रेष्ठले औँठा छाप देखाउँदै आफ्नो प्रस्तुती दिए। उनले आफ्नो औंठाको बिचमा एउटा रातो चिह्न केरेका थिए, जसबाट उनले सबैको रगत रातो हुन्छ भन्ने बुझ्याउन खोजेका थिए।। औँठामा लेखिएको थियो : वान वर्ल्ड।

मानिस जात, धर्म, भाषा,संस्कृति र स्वभावले हिसाबले फरक भए पनि हामी सबै एकै हौँ भन्ने सन्देश दिन खोजेको श्रेष्ठले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell