PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

२२ वर्षपछि तारा सिंह बनेर फर्किए सनी देवल



पहिलोपोस्ट

२२ वर्षपछि तारा सिंह बनेर फर्किए सनी देवल

सनी देवलको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘गदर २’ को टिजर सार्वजनिक भएको छ। २२ वर्षपछि सनी तारा सिंहको भूमिकामा देखिएका छन्।

सन् १९७१ को टाइम फ्रेम देखाउँदै सुरु हुन्छ फिल्मको टिजर। जहाँ पृष्ठभूमिबाट एक महिलाको आवाज सुनिन्छ ‘ज्वाई हुन् उनी पाकिस्तानका। उनलाई नरिवल देउ, टिका लगाऔँ नत्र यसपटक उनले दाइजोमा लाहोर लैजान्छन्।’

त्यसपछि ‘क्रम इण्डिया’ नाराबिच लाहौरमा तारा सिंहको इन्ट्री हुन्छ। यो फिल्म भारत र पाकिस्तानबिचको विवादमा आधारित छ।

यो फिल्म सन् २००१ मा रिलिज भएको गदर एक प्रेम कथाको सिक्वेल हो। अनिल शर्माको निर्देशन रहेको यस फिल्ममा सनीका साथै अमिषा पटेलकको पनि मुख्य भूमिका छ। यो फिल्म आगामी ११ अगस्ट अर्थात साउन २६ गते रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell