PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

अस्ट्रेलियामा बस दुर्घटना : १० जनाको मृत्यु, २५ जना घाइते



पहिलोपोस्ट

अस्ट्रेलियामा बस दुर्घटना : १० जनाको मृत्यु, २५ जना घाइते
Photo : EPA

अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। हन्टर भ्यालीमा विवाह कार्यक्रममा सहभागी भएर फर्किरहेका व्यक्तिहरु सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। यद्यपि, उनीविरुद्ध कुन मुद्दा लगाउने भन्नेबारे प्रहरीले केही खुलाएको छैन। दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।

हाल दुर्घटनास्थलमा प्रहरीसँगै फरेन्सिक टोलीले  अनुसन्धान गरिरहेको छ। प्रहरीले मृतक र घाइतेहरुको पहिचान गर्ने कार्य जारी रहेको र उनीहरुको आफन्तलाई खबर गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell