PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

संसदमा प्याजको चर्चा, अर्थमन्त्रीलाई प्रश्न : बजेटपछि किन दोब्बर भयो भाउ?



पहिलोपोस्ट

संसदमा प्याजको चर्चा, अर्थमन्त्रीलाई प्रश्न : बजेटपछि किन दोब्बर भयो भाउ?

काठमाडौं : प्रतिनिध सभामा सांसदहरुले अर्थमन्त्री डा प्रकाशशरण महतलाई प्याजको भाउ बढ्नुको कारण माग गरेका छन्। आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफपछि पनि सांसदहरुले चित्तबुझ्दो जवाफ नआएको भन्दै प्याजको भाउ बढ्नुको कारण माग गरेका हुन्। एमाले सांसद रघुजी पन्तले बजेटअघि ५० रुपैयाँ रहेको एक किलो प्याजलाई अहिले सय रुपैयाँ पुगेको बताए। 'बजेट ल्याउनुअघि प्याजको भाउ ५० रुपैयाँ थियो। हिजो ८५ पुग्यो। आज १०० पुग्यो। आलुको भाउ पनि त्यसरी बढेको छ। २० देखि २५ प्रतिशतसम्म,' पन्तले भने, 'बजेट प्रस्तुत गर्नुभन्दा अगाडीको भाउमा कहिले पाइन्छ आलु र प्याज?'

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि प्याजको भाउ दोब्बर भएकोमा प्रश्न गरे। खनालले कालिमाटीमा केही दिनअघि ३५ रुपैयाँ रहेको प्याजको भाउ किलोमा अहिले ७० रुपैयाँ पुगेको बताए। 'कालीमाटीमा प्याजको मुल्य ३५ थियो। अहिले ७० पुगेको छ। किन त्यस्तो अवस्थामा पुगेको होला?' खनालले प्रश्न गरे।

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले आलु र प्याजमा भ्याट लगाउँदैमा उत्पादन तत्काल नबढ्ने भनाइ राखे। 'आलु र प्याजमा पनि भ्याट लगाउनुभयो। भ्याट लगाउँदैमा भोलि नै उत्पादन बढ्छ र?' उनले प्रश्न गरे। सांसदहरुले अर्थमन्त्रीले सदनमा गोलमटोल जवाफ दिएको भन्दै पुन प्रश्न गरिरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell