PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

दक्षिण एसियाका राष्ट्र सम्मिलित साक चेस च्याम्पियनसीप काठमाडौँमा हुँदै: ४० लाख लागतको अनुमान, नेपालबाट कसले खेल्दैछ?



पहिलोपोस्ट

दक्षिण एसियाका राष्ट्र सम्मिलित  साक चेस च्याम्पियनसीप काठमाडौँमा हुँदै: ४० लाख लागतको अनुमान, नेपालबाट कसले खेल्दैछ?

काठमाडौँ: नेपाल बुद्धिचाल महासंघको आयोजनामा साक चेस च्याम्पियनसिप काठमाडौँमा हुने भएको छ। मंगलवारबाट सुरु हुने प्रतियोगितामा दक्षिण एसियाका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाको उपस्थित हुने आयोजकले जनाएको छ। त्यसबाहेक अफगानिस्तानको सहभागिताबारे अझै निर्क्योल भइनसकेको आयोजकले जनाएको छ।

'प्रत्येक देशबाट एकएक जना, डिफेन्डिङ च्याम्पियन एक एक जना एवं आयोजकको हैसियतमा नेपालबाट थप एकएक जना गरी खुला तथा महिला दुवै स्पर्धामा दशदश जना खेलाडीको सहभागीता रहनेछ।' महासंघको विज्ञप्तिमा भनिएको छ।

राउण्ड रोविन प्रणालीमा सम्पन्न हुने च्याम्पियनसिपको खुलातर्फ भारतीय ईन्टरनेशनल मास्टर नुवईरशाह सेख डिफेन्डिङ च्याम्पियन हुन भने महिलातर्फ बंगलादेशी वुमन इन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिन हुन्। यो प्रतियोगिताको अघिल्लो संस्करण बंगलादेशमा भएको आयोजकले जनाएको छ। 

प्रतियोगिता ललितपुर गोदावरीस्थित होटेल भ्यु भृकुटीमा हुनेछ। नेपालबाट खुला स्पर्धामा वर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल एवं रनरअप सुरवीर लामाको सहभागिता रहनेछ भने महिलातर्फ नेशनल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी एवं रनरअप सुशीला गुरुङले प्रतिष्पर्धा गर्नेछन्। च्याम्पियनसीप को ड्र हुनेबेलासम्म कुनै देशका खेलाडी सहभागीता नभएको अवस्थामा सो स्थानमा साउथ एशियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा आयोजक राष्ट्रले अर्को खेलाडी सहभागी गराउने आयोजकले जनाएको छ।

प्रतियोगिता आयोजना गर्न अनुमानित ४० लाख खर्च हुनेछ आयोजकको अनुमान छ। प्रतियोगिताको कुल नगद पुरस्कार राशी ५ लाख रहेको छ खुलातर्फका विजेताले १ लाख ५० हजार, दोश्रो हुनेले १ लाख र तेश्रो हुनेले ५० हजार प्राप्त गर्नेछन्। त्यसैग महिलातर्फ विजेताले १ लाख, दोश्रो हुनेले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell