PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

'मेरो प्यारो ओखलढुंगा' पिएचडी पढेपछि बिर्सँदोरहेछ, अर्थमन्त्रीलाई रामहरि खतिवडाको कटाक्ष



पहिलोपोस्ट

'मेरो प्यारो ओखलढुंगा' पिएचडी पढेपछि बिर्सँदोरहेछ, अर्थमन्त्रीलाई रामहरि खतिवडाको कटाक्ष

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले आफ्नो जिल्लामा बजेट कम पारेको भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन्। सानैबाट धेरैले 'मेरो प्यारो ओखलढुंगा' पढेर कण्ठ बनाए पनि अर्थमन्त्रीले भने पिएचडी पढेर बिर्सेका हुन् कि भनी व्यङ्ग्य कसेका हुन्। 'मेरो प्यारो ओखलढुंगा सानोमा पढेर होला पिएचडी पढेपछि बिर्सदोरहेछ,' संसदमा खतिवडाले भने, 'साँघुटार  खानीभन्ज्याङ ओखलढुंगा सडक ७० किलोमिटर बाटो छ। ३ करोडको दरले छुट्याउँदा कहिले पुरा हुन्छ? हजुरको आयो होउन्जेल पुरा हुन्छ र?'

त्यसैगरी खतिवडाले अर्थमन्त्री जिल्ला र गाउँ मिनिस्टर नहुनसमेत सचेत गराए। 'खिजीचण्डेश्वरी र रुम्जाटार विमानस्थल छिटो सञ्चालन हुनुपर्‍यो,' उनले भने, 'मन्त्री अर्थमन्त्री नो मिनिस्टर हैन र जिल्ला र गाउँ मिनिस्टर हुनु भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell