PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्यूठानमा स्वर्गद्वारी दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार जीप दुर्घटना, आठजना गम्भीर घाइते



पहिलोपोस्ट

प्यूठानमा स्वर्गद्वारी दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार जीप दुर्घटना, आठजना गम्भीर घाइते

बुटवल : प्यूठानमा जीप दुर्घटना भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना भएको हो।

दुर्घटनामा आठजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।  प्रहरीका अनुसार लु १ च ६३४५ नम्बरको जीप भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो।

तीव्र गतिका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीय र प्रहरी उद्धारकार्यमा घटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell