PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

वाग्मती प्रदेश सभाको बैठक जेठ ३२ गते



पहिलोपोस्ट

वाग्मती प्रदेश सभाको बैठक जेठ ३२ गते

हेटौंडा : वाग्मती प्रदेश सभाको बैठक आह्वान गरिएको छ। बैठक जेठ ३२ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रमुख सचिव खड्काकाअनुसार, आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो। उक्त बैठकका लागि कार्यसूची तयार पार्न जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक पनि आह्वान गरिएको प्रमुख सचिव खड्काले बताए। प्रदेश सभाको बैठक यसअघि गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell