
बुटवल : प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा भएको कार दुर्घटनामा परी मृत्यु भएका आठ जनामध्ये सात जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठान प्रवक्ता सुशील थापाले जानकारी दिए।
यस्तै मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल र कार चालक दाङको लमही नगरपालिका ५ का तारा कुमाल रहेका छन्। अर्का एक जना मृतक बालकको भने पहिचान खुल्न बाँकी छ।
मृतक आठ जनाको शव जिल्ला अस्पताल प्युठानमा राखिएको प्रवक्ता थापाले जानकारी दिए। स्वर्गद्वारी मन्दिरको दर्शन गरी प्यूठानबाट दाङ फर्किँदै गरेको लु १ च ६३४५ नम्बरको कार सोमबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा दुर्घटना भएको थियो।
कार करिब ४५ मिटर तल खसेको थियो। तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित हुँदा दुर्घटनामा परेको आशंका गरिएको प्रहरीले जनाएको छ।