PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

ट्याक्टरले किच्दा स्कुटर चालकको मृत्यु



पहिलोपोस्ट

ट्याक्टरले किच्दा स्कुटर चालकको मृत्यु

वीरगंजः वीरगंज-कलैया सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा वीरगंज १५ ब्रह्मचोक बस्ने वर्ष ४५ का राजमन चौधरी रहेका छन्।

चौधरी सवार प्रदेश–२–०२१–प १९०१९ नम्बरको स्कुटरबाट लडेपछि प्रदेश–२–०३–०१–त ७७० नं। को ट्याक्टरले किचेको थियो। गम्भीर घाइ चौधरीको एलएस न्यूरो अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषित गरेको थियो।

शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक विनोद बोहराले बताए। ट्याक्टर चालक बारा पचरौता नगरपालिका ७ बेनौलीका २८ वर्षीय रञ्जितप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell