PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

‘रामायण’मा रावण बन्न यशले किन गरे अस्वीकार?



पहिलोपोस्ट

‘रामायण’मा रावण बन्न यशले किन गरे अस्वीकार?

नितेश तिवारीको निर्देशनमा ‘रामायण’ बन्ने फिल्मवृतमा चर्चा चलिरहँदा रणवीर कपूर र आलिया भट्ट राम-सीता तथा ‘केजीएफ’ अभिनेता यश रावणको भूमिकामा देखिने बताइएको थियो।

यसैबिच, साउथ स्टार यशले ‘रामायण’मा रावणको भूमिकामा खेल्न अस्वीकार गरेको खबर बाहिरिएको छ। यश आफ्नो करियरमा अझै नकारात्मक भूमिकामा खेल्न तयार छैनन्। जसकारण रणवीर र आलियाको मुख्य भूमिका रहने फिल्ममा रावण बन्न ‘रिजेक्ट’ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि फिल्ममा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई अफर गरिएको थियो। तर ‘वार २’को सुटिङमा रहेका ऋतिकले डेटको कारणले फिल्म अस्वीकार गरेका थिए।

यश अहिले आफ्नो आगामी फिल्म ‘यश १९’मा काम गरिरहेका छन्। जसका कारण उनी आफ्नो फिल्ममा असर पर्ने खालको भूमिका गर्न चाहँदैनन्। यो फिल्म ‘ग्याङ्स्टार’ जनरामा निर्माण हुने भनिएको छ।

फिल्म ‘रामायण’को छायाङ्कन यसै वर्षको अन्तिमबाट सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell