PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

लिचीको रुखबाट लडेकी महिलाको मृत्यु



पहिलोपोस्ट

लिचीको रुखबाट लडेकी महिलाको मृत्यु

बुटवल : पाल्पामा लिचीको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनासकाली गाउँपालिका ९ फक्टुङकी ४५ वर्षीया धना खाण रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आफ्नै बारीमा रहेको लिचीको रुखमा चढेर टिप्ने क्रममा सोमवार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्।

गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell