PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

काठमाडौंको ओमबहालमा एक जनाको हत्या : हथौडाले हानेर मारेको अभियोगमा भाइ समातिए



पहिलोपोस्ट

काठमाडौंको ओमबहालमा एक जनाको हत्या : हथौडाले हानेर मारेको अभियोगमा भाइ समातिए

काठमाडौं : काठमाडौंको ओमबहालमा सोमवार राति एक पुरुषको हत्या भएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा बस्ने ४५ वर्षीय सूर्य शाक्यको हत्या भएको हो। प्रहरीले हत्या अभियोगमा उनका भाइ २५ वर्षीय सुरज शाक्यलाई नियन्त्रणमा लिएको छ।

सोमवार राति दाजुभाइबिच झगडा हुँदा हथौडा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा देखिएको छ। प्रहरीले मंगलवार बिहान सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell