PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

स्टुडियो थिएटरमा प्रज्ञा कुञ्चको नाटक सप्ताह



पहिलोपोस्ट

स्टुडियो थिएटरमा प्रज्ञा कुञ्चको नाटक सप्ताह

काठमाडौं : पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा जेठ २९ गतेदेखि नाटक सप्ताह चलिरहेको छ। त्यहाँ मञ्चन भइरहेको नाटकमा विद्यालयका बालबालिकाहरुको अभिनय छ।

नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा विगत १२ वर्षदेखि नाट्य शिक्षालाई विषयगत रुपमा पठनपाठन भइरहेको छ।

पठनपाठनका साथै सम्पूर्ण विद्यार्थीहरुले थिएटरमा नाटक मञ्चन गर्दै आइरहेका छन्। हरेक वर्ष विभिन्न थिएटर तथा आफ्नै विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना गरेर नाटक सप्ताह मनाइने गरिएको छ।

यो वर्ष पनि कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुलाई समेटेर ११ नाटकहरु मञ्चन गरिरहेका छन्। जेठ ३२ गतेसम्म भोला, कालु र बाघ, पहेंलो बस, उल्यालोतिर, चकलेट, तुलसी, जुँगेदाइको छोरी, श्रवणकुमारको कथा लगायतका नाटक मञ्चन हुँदैछन्।

टंकको लेखन रहेको नाटकमा सुरज मल्ल, मञ्जु गिरी सुरज तमुले टंकलाई निर्देशनमा सहयोग गरेका छन्

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell