PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

छाती दुखेपछि बिहानै अस्पताल पुगेका राष्ट्रपति पौडेलको कस्तो छ स्वास्थ्य?



पहिलोपोस्ट

छाती दुखेपछि बिहानै अस्पताल पुगेका राष्ट्रपति पौडेलको कस्तो छ स्वास्थ्य?

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलवार बिहानै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका थिए।

अस्पतालमा भर्ना हुनासाथ पौडेलको छातीको एनजिओग्राम गरिएको थियो। सुरुवाती रिपोर्ट राम्रो देखिएको अस्पताल स्रोतले जनायो।

'राष्ट्रपतिलाई बिहान ७ बजे भर्ना अस्पताल गरिएको हो,' स्रोतले भन्यो।

दम र ग्याष्ट्रिकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको बताइएको छ। शीतल निवासले भने यसको पुष्टि गरेको छैन।

पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ। भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको हो। गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षणमा खटिएका छन्। एनजिओग्राम गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नुपर्नेभएकाले भोलि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको अस्पताल प्रशासनले जनाएको छ।

यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल पटकपटक अस्पताल भर्ना भएका थिए। गत बैशाख ६ गतेमात्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गरि फर्केका हुन्।

उपचारपछि पनि पौडेल शितल निवासमा आराम गरिरहेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell