PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

आदिपुरुषको 'प्री बुकिङ' आक्रामक



पहिलोपोस्ट

आदिपुरुषको 'प्री बुकिङ' आक्रामक

भारतको सिने क्षेत्रमा अहिले चर्चा छ फिल्म आदिपुरुषको। रामायणमा आधारित यो बहुप्रतिक्षित फिल्म यही शुक्रवार रिलिज हुँदैछ। हाल फिल्मको टिकटको प्री बुकिङ खुल्ला गरिएको छ। 

ओम राउत निर्देशित आदिपुरुषको अग्रिम टिकट बुकिङमा आक्रमक शैलीमा अघि बढेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

बलिउड इन्टरटेनमेन्ट पोर्टल कोइमोइका अनुसार हालसम्म आदिपुरुषको हिन्दी थ्रीडी भर्सनको २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको टिकट बिक्री भइसकेको छ। यो भनेको ८० हजारभन्दा बढी टिकट हो। यस्तै, फिल्मको टु डी भर्सनतर्फ १८ लाख भारतीय रुपैयाँको टिकट बिक्री भइसकेको छ। तेलेगु भर्सनतर्फ ६४ लाख भारतीय रुपैयाँको कारोबार भइसकेको छ। अन्य भर्सनहरुमा पनि बुकिङ राम्रै रहेको बताइएको छ।

अग्रिम टिकट बुकिङमा अझै केही बाँकी रहँदा हालसम्म करिब ३ करोड ६५ लाख भारतीय रुपैयाँको टिकट बुकिङ भइसकेको छ। पहिलो सप्ताहको लागि आदिपुरुषको १ लाख ७० लाख टिकट बिक्री भइसकेको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

भारतमा मात्र नभई नेपालमा पनि ‘आदिपुरुष’ अग्रिम बुकिङ खुला भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell