PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

बेलायतमा ३ जनाको हत्या, एकजना संदिग्ध व्यक्ति पक्राउ



पहिलोपोस्ट

बेलायतमा ३ जनाको हत्या, एकजना संदिग्ध व्यक्ति पक्राउ
Photo : BBC

बेलायतको नटिङगम सिटी सेन्टर क्षेत्रमा तीनजनाको हत्या भएको छ। इलेक्स्टन रोडमा दुईजना र मनडाला रोडमा अर्को एकजनाको शव भेटिएको हो।

प्रहरीले यो घटनामा संलग्न रहेको अभियोगमा ३१ वर्षीय पुरुषलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

घटनास्थलमा फोरेन्सिक टोली पुगेको छ। घटना भएको आसपासका सडक बन्द गरिएको छ भने सार्वजनिक सवारी साधन पनि बन्द गरिएका छन्।

मिलटन स्ट्रिटमा पनि एउटा भ्यानले तीनजना यात्रुलाई ठक्कर दिने प्रयास गरेको छ। यस घटनाबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell