PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

‘जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस्’



पहिलोपोस्ट

‘जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुस्’
सदस्यसचिव डा मिलनकुमार थापा । तस्विर: पशुपति विकास कोष

काठमाडौं : पशुपति विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिन माग गरेका छन्।

आज राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले जलहरी प्रकरणमा छानबिन गरेर कारबाही गर्नुपर्नेमा त्यसो नगरी ‘सुन चोर’ भनिएकामा आपत्ति जनाएका थिए। उनले राज्यको कान भएपनि आँखा नभए जस्तो अनुभव भएको बताएका थिए।

कोषको कोषाध्यक्ष हुँदा संयोजक भएर पशुपतिमा सुनको जलहरी राखिएको उल्लेख गर्दै सुनमा अनियमितता गरिएको भनी आफ्नो बेइज्जत गरिएको बताए।

'सुनको जलहरी बनाउने बेलामा २४ सै घण्टा नेपाली सेनाको सुरक्षा राखिएको थियो। त्यसबेला सिसीटिभी राखिएको थियो। त्यसको फुटेज सुरक्षित छ।  बाहिर आएका सबै विषय सत्य छैनन्। सांसदहरुले पनि यस विषयमा बुझ्नुहोला,' उनले भने।

पशुपति क्षेत्रका धेरै कुरा पारदर्शी बनाउन घाट र क्रियापुत्री बाहेकका सबै रकम बैङ्किङ प्रणालीबाट जम्मा हुने व्यवस्था गरिएको उनले त्यसक्रममा बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell