PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

नागरिकता माग्दै माइतीघरमा धर्नामा बसेका युवकले गरे आत्मदाहको प्रयास



पहिलोपोस्ट

नागरिकता माग्दै माइतीघरमा धर्नामा बसेका युवकले गरे आत्मदाहको प्रयास
माइतीघरमा नागरिता माग्दै धर्नामा । फाइल फोटो

काठमाडौं : काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

नागरिकता विधेयक कार्यान्वय नगर्न सर्वोच्च अदालतले रोक लगाएपछि केही दिनदेखि माइतीघरमा पीडितहरुले धर्ना दिइरहेका छन्। आज धर्ना दिइरहेका एक युवकले नै आत्मदाहको प्रयास गरेका थिए।

उनले साथमा ल्याएको मट्टीतेल खनाएर आत्मदहा गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। तर, प्रहरीले उनलाई रोक्न सफल भएको थियो।

युवकको स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell