
काठमाडौं : फिल्म ‘गणपति’को प्रदर्शन मिति तय भएको छ। सबिन अधिकारी निर्देशित यो फिल्म आगामी भदौ १४ गतेबाट रिलिज हुने पक्का भएको हो।
सबिनकै कथा रहेको यस फिल्ममा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन्। फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ।
‘फिल्मको छायाङ्कन तनहुँको बन्दीपुर गाउँपालिको थारुवासमा गरिएको थियो।