PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

खाणका वकिलले समय थपेपछि शरणार्थी प्रकरण मुद्दाको बहस लम्बियो, बुधबार थुनछेक आदेश नहुने



प्रकाश भण्डारी

खाणका वकिलले समय थपेपछि शरणार्थी प्रकरण मुद्दाको बहस लम्बियो, बुधबार थुनछेक आदेश नहुने

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित तर्फका वकिलको बहस लम्बिएको छ। बुधबारसम्म थुनछेक आदेशकै तयारी अदालतले गरे पनि बहस कम्तिमा पनि बिहीबारसम्म लम्बिने निश्चित भएको छ। १० दिनसम्म पनि बहस टुंगिएको छैन।

मंगलबारसम्म ११ जना प्रतिवादीको मात्रै बहस सकिएको छ। जसमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दिप, सानु भण्डारी, केशव दुलाललगायत पक्षको बहस सकिएको हो। 

अझै ७ जना प्रतिवादीको बहस बाँकी रहेको छ। सुरुका तीन दिन सरकारी वकिलहरुले बहस गरेका थिए।

आजै पूर्वगृहमन्त्री बालकृष्णा खाणको बहस सुरु भएको छ। खाणका तर्फका वकिलको बहस ३ बजेसम्म सक्न न्यायाधीशले भनेका थिए। तर साँझ ६ बजेसम्म लम्बियो। 

साँझसम्म पनि बहस सकिएन। खाणका कानुन व्यवसायीले  बुधबार पनि समय माग गरेपछि न्यायाधीश प्रेमप्रसाद न्यौपाने र कानुन व्यवसायीबीच नोकझोक समेत भएको छ। 

खाणका तर्फबाट प्रतिनिधित्व गर्ने नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीलगायतले अझै आफ्ना तर्फका ७ जना बाँकी रहेको बताएका थिए। साँझसम्म बहस सुनेपछि पनि थप कानुन व्यवसायीले समय मागेपछि न्यौपानलेले समय दिन नसकिने बताएका थिए। 

'हामीलाई भोलि पनि समय चाहिन्छ। हाम्रा तर्फबाट फेरि केहि नयाँ विषय आउन बाँकी छन्,' घिमिरेले भनेका थिए।

घिमिरे र खातीले समय पाउनुपर्ने माग कायम राखेपछि न्यायाधीशले बुधबार १२ बजेसम्म बहस सक्न भनेका  थिए। तर खाणका कानुन व्यवसायीले कम्तिमा २ बजेसम्मकाे समय माग गरेका छन्। सम्भवतः बुधबार पनि खाणकै कानुन व्यवसायीको बहस हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell