PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

फेरि अदालतमा ट्रम्प, गोप्य दस्तावेज लुकाएको आरोपको गरे खण्डन



पहिलोपोस्ट

फेरि अदालतमा ट्रम्प, गोप्य दस्तावेज लुकाएको आरोपको गरे खण्डन

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाएका अभियोगहरु झुटा भएको दाबी गरेका छन्। फ्लोरिडाको मियामीमा रहेको अदालतमा उपस्थित भएका उनले आफूविरुद्धका अभियोगहरु झुटा भएको बताएका हुन्।

अदालत पुगेका ट्रम्पलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई न्यायधीश समक्ष उपस्थित गराइएको थियो। अदालतले भने उनलाई बिना कुनै प्रतिबन्ध अमेरिका भित्र र बाहिर यात्राका लागि अनुमति दिएको छ।

एफबिआइले शुक्रवार ट्रम्पको घरमा १०० वटा भन्दा बढी 'क्लासिफाइड डकुमेन्ट' भेटाएको सार्वजनिक गरेको थियो। मार ए लागोमा रहेको ट्रम्पको निजी निवासका विभिन्न कुनामा कागजपत्र राखिएको फेला परेको थियो। ती कागजपत्रमा अमेरिका र विदेशी देशका रक्षा मामिला र हतियारको अवस्थाबारे उल्लेख रहेको बताइएको छ। यस्तै, विदेशी देशले आक्रमण गरे अमेरिकाले कसरी प्रतिकार गर्छ भन्ने विषय उल्लेखित कागजपत्रसमेत फेला परेको एफबीआइले जनाएको छ।

ट्रम्पको तर्फबाट वकालत गरिरहेका अधिवक्ताहरुले भने आरोपहरु सबे गलत भएको दाबी गरेका छन्। यी आरोपहरु पुष्टि भए ट्रम्पलाई जेल सजायसम्म हुन सक्छ।

सन् २०१६ को निर्वाचनमा पोर्न स्टारलाई नगद दिएको मामिलामा पनि ट्रम्प ३ महिना अघि न्यूयोर्कस्थित अदालतमा उपस्थित भएका थिए। अमेरिकाको इतिहासमा बहालवाल वा पूर्व राष्ट्रपतिमाथि फौजदारी अभियोगमा मुद्दा चलाइएको यो नै पहिलो घटना थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell