
काठमाडौं : सुनको मूल्य पुन: घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ९ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
मंगलबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँ तोकिएको छ। मंगलबार सामान्य वृद्धि हुँदै प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको थियो।