PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

देउवा सिंगापुर, खड्का कांग्रेसका कार्यवाहक सभापति



पहिलोपोस्ट

देउवा सिंगापुर, खड्का कांग्रेसका कार्यवाहक सभापति

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। उपचारका लागि मंगलबार राति सिंगापुर उडेका सभापति देउवाले खड्कालाई कार्यवाहकको जिम्मेवारी तोकेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

'नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ,' पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। खड्का उपप्रधान तथा रक्षामन्त्रीसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell