PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

करिब ५४ लाख बराबरको सुनसहित हेटौंडाबाट पक्राउ परे एक युवक



पहिलोपोस्ट

करिब ५४ लाख बराबरको सुनसहित हेटौंडाबाट पक्राउ परे एक युवक

हेटौंडा : मकवानपुर प्रहरीले बुधवार बिहान अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार बिहान ३ बजेको समयमा प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार साहले जुत्ताको नोकभित्र लुकाइछिपाइ ल्याएको ५६१.३० ग्राम सुन बरामद भएपनि निजलाई पक्राउ गरिएको हो।

साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell