
काठमाडौं : संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीकर्ताको छलफल जारी छ। समितिले तीन तीन जना उजुरीकर्तालाई छलफलमा बोलाएपछि अन्य उजुरीकर्ताले विरोध जनाएका थिए। विरोध जारी राखेपछि सुनुवाई समितिले सबै उजुरीकर्तालाई एकैसाथ छलफलमा बोलाएको हो।
संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ उजुरी परेका छन्। समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध जेठ ३२ गते सुनुवाइ गर्ने भएको छ। असार १ गते कार्कीबारे टुंगो लाग्ने तयारी छ। वैशाख २५ को संवैधानिक परिषदको बैठकले कायम मुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। कार्कीको कार्यकाल साउन १९ गतेसम्म कायम रहने छ।