PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ज्ञानेन्द्र कार्कीले प्रश्न सोध्न भनेपछि भड्कियो छलफल : सांसदहरुमाथि खनिए उजुरीकर्ता, 'मिनि संसद'मा तमाशा



प्रकाश भण्डारी

ज्ञानेन्द्र कार्कीले प्रश्न सोध्न भनेपछि भड्कियो छलफल : सांसदहरुमाथि खनिए उजुरीकर्ता, 'मिनि संसद'मा तमाशा

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी हालेकाहरुले संसदीय सुनुवाई समितिमा लफडा गरेपछि छलफल अवरुद्ध बनेको छ।

सुनुवाई समितिले बुधवार उजुरीकर्ताहरुलाई छलफलका लागि डाकेको थियो। सुरुमा तीन तीन जनालाईमात्र छलफल गर्न समितिमा बोलाइएपछि उजुरीकर्ता विरोधमा उत्रिएका थिए। विरोध जारी राखेपछि सांसदहरुले २९ जना उजुरीकर्तालाई एकैसाथ छलफलमा डाके। 

उजुरीकर्ताले प्रधानन्यायाधीशसँग प्रश्न गर्नका लागि मोडालिटी कस्तो बनाउने हो भन्दै छलफल सुरु गरे। तर कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सीधै प्रश्न सोध्न भनेपछि माहोल बिग्रियो। र, उजुरीकर्ता भड्किए। उनीहरु तुरुन्तै नाराबाजीमा उत्रिए र छलफल बहिस्कार गरी बाहिर निस्किए।

'ज्ञानेन्द्रबहादुर कार्की भन्ने सांसदले अनौठा प्रश्नोत्तर कार्यक्रममा हामीलाई फसाउने चेष्टा गरे अनि हामीले भन्यौ - तपाई जालसाजी काम नगर्नुस्। पहिले मोडालिटी तयार गर्ने भन्ने अनि एकैचोटी क्वेसन एन्सरको कुरा ल्याउने?' आक्रोशित हुँदै उजुरीकर्ता ध्रुवलाल श्रेष्ठले भने। त्यसपछि आफूहरु छलफलबाट बाहिरिएको श्रेष्ठले बताए।

उजुरीकर्ताले सुनुवाई समितिको वैधतामाथिसमेत प्रश्न उठाएका छन्। समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ ३२ गते सुनुवाइ गर्ने तयारी गरेको छ। असार १ गते कार्कीबारे टुंगो लाग्ने तयारी छ। वैशाख २५ को संवैधानिक परिषदको बैठकले कायम मुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। कार्कीको कार्यकाल साउन १९ गतेसम्म कायम रहने छ।

जेठ १७ देखि १० दिनको समय दिएर कार्कीविरुद्ध समितिले उजुरी आह्वान गर्दा २९ वटा उजुरी परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell