PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

एलपीएलको अक्सनमा सन्दीप ‘अनसोल्ड’



पहिलोपोस्ट

एलपीएलको अक्सनमा सन्दीप ‘अनसोल्ड’

क्रिकेटर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल)मा ‘अनसोल्ड’ भएका छन्। हिजोको अक्सनमा विदेशी खेलाडीको सूचीमा उनलाई बेस प्राइस ३० हजार डलरबाट बोली लगाइएको थियो। तर, कुनै पनि टिमले उनलाई लिन चाहेनन्।

लामिछानेमाथि किशोरी बलात्कारको मुद्दा चलिरहेको छ। क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) उनको प्रतिरक्षमा उत्रिँदै आएको छ भने उनको केसमा अदालत पनि ‘लिवरल’ देखिएको छ। २० लाख रुपैयाँ धरौटीमा उनी रिहा भएका हुन्।

श्रीलङ्काको एलपीएलमा अक्सन हुने खेलाडीको सूची गत सोमवार जारी भएको थियो। त्यसमा सन्दीप लामिछानेको नाम विदेशी खेलाडीको सूचीमा समावेश थियो। तर हिजो अक्सनका क्रममा उनको नाममा कुनै पनि टिमले बेस प्राइसमा समेत लिन चाहेनन् जबकी उनको परफर्मेन्स उत्कृष्ट रहँदै आएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको सदस्यका रुपमा सन्दीप हालै अफ्रिका गएका थिए। आज जिम्वावेमा हुने अभ्यास खेलमा उनी सहभागी हुँदैछन्।

एलपीएलको अक्सनमा ३६० जना खेलाडी समावेश थिए। जुलाई ३१ बाट एलपीएल सुरु हुँदैछ।

यस्तै, एलपीएलमा 'अनसोल्ड' रहे पनि सन्दीप ग्लोबल टि२० क्यानडा २०२३ मा खेल्ने भएका छन्। उनलाई 'ड्राफ्ट' मार्फत सुररे जगउर्सले छनोट गरेको हो। यस्तै, नेपाली अलराउन्डर दिपेन्द्र सिंह ऐरी पनि यही प्रतियोगितामा 'ड्राफ्ट' मार्फत छनोट भएका छन्। उनलाई मोन्ट्रेल टाइगर्सले लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell