PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

इमर्जिङ टिम्स एसिया कप : नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

इमर्जिङ टिम्स एसिया कप : नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दै
फोटो : क्यान

काठमाडौं : महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। हङकङको मङककस्थित मिसन रोड स्टेडियममा मध्याह्न सवा ११ बजे खेल सुरु हुनेछ।

पहिलो खेलमा पाकिस्तानसँग पराजय ब्यहोरेको नेपाल दोस्रो खेलबाट पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ भने भारत जितको शृङखलालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ। भारतले आफ्नो पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो। हङकङबाट पाएको ३५ रनको लक्ष्य १ विकेट गुमाएर ८८ बल बाँकी छँदै भेट्टाएको थियो।

पहिलो खेलमा नेपालले पाकिस्तानसँग राम्रो बलिङ गरे पनि ब्याटिङमा कमजोर प्रदर्शन गर्दा पराजय ब्यहोर्न पुगेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ६ विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो।

प्रतियोगितामा टेस्ट टोली भारत ‘ए’, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र श्रीलंका ‘ए’ टोलीको सहभागिता हुनेछ भने नेपाल, हङकङ, यूएई र मलेसियाको सिनियर टोलीले सहभागिता जनाउने छ।

तेस्रो खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ तथा यूएई र मलेसियाका टोली रहनेछन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल जुन २१ मा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell