PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

फिलिपन्समा भूकम्प, नेपाली फुटबल टोली सुरक्षित



पहिलोपोस्ट

फिलिपन्समा भूकम्प, नेपाली फुटबल टोली सुरक्षित

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली हाल फिलिपिन्समा छ। फिलिपिन्सको राष्ट्रिय टोलीसँग साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न नेपाल त्यहाँ पुगेको हो। 

फिलिपिन्समा आजै भूकम्प गएको छ। समाचार संस्था रोयटर्सका अनुसार ६.३ म्याग्निट्युडको भूकम्प गएको छ। फिलिपिन्सको ओरियन्टल मिनडोरो प्रान्तको पुर्टो जलेरालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। नेपाली टोली भने मनिलामा रहेको छ। त्यहाँ भूकम्पको कम्पन महसुस भएको समाचार संस्थाहरुले उल्लेख गरेका छन्।

भूकम्पकको कारण कुनै ठूलो क्षति भएको विवरण नआएको रोयटर्सले जनाएको छ। यद्यपि, रेल्वे सेवामा भने केही क्षति पुगेको छ।

'रेल र विमानस्थल सञ्चालनमा स्थगित गरिएको छ। हालसम्म भूकम्पको ठूलो प्रभावको कुनै रिपोर्ट आएको छैन र हामी आशा गर्दछौं कि यो यस्तै रहिरहन्छ,' नागरिक रक्षा प्रवक्ता, सहायक सचिव बर्नार्डो राफेलिटो अलेजान्ड्रोले भनेका छन्।

फिलिपिन्समा रहेको नेपाली फुटबल टोली पनि सुरक्षित रहेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

'टिमलाई त्यस्तो केही समस्या छैन। खेल समयमै हुने कुरा छ,' एन्फा प्रवक्ता सुरेश शाहले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell