PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

ओमनले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा



पहिलोपोस्ट

ओमनले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा
Photo: CAN

काठमाडौँ: विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वार्मअफ म्याचमा टस हारेर फिल्डिङ गर्ने भएको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा ओमनले टस जितेर ब्याटिङ रोजेको हो।

अभ्यास खेलमा नेपालको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। दक्षिण अफ्रिकामा भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो।

त्यस्तै, जिम्बावे पुगेको नेपालले चिर प्रतिस्पर्धी यूएईसँग खेलेको थियो। तर अभ्यास खेलमा यूएईविरुद्ध पनि नेपाल पराजित रह्यो। अभ्यास खेल नै भएपनि सकारात्मक नजिता निकालेर क्वालिफायर्सका लागि माहोल बनाउने दबाब नेपाललाई हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell